जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अटेरी अभियानका उम्मेदवारीले केही घण्टा अघि पाएको चुनाव चिन्ह लौरो खोसियो

जन्मभुमि खबर ,
पोखरा ।

पोखराका अटेरी अभियानका उम्मेदवारीले केही घण्टा अघि पाएको चुनाव चिन्ह लौरो खोसिएको छ । मुख्य निर्वाचन कार्यालय पोखराले ३ घण्टाअघि दिएको लौरो चुनाव चिन्ह दिन नमिल्ने भन्दै फोन आएको अटेरी उम्मेदवारी गणेश पौडेल जानकारी दिए ।
पौडेलले फोस्बुक मार्फत अटेरी समर्थक र उम्मेदवारीलाई अटेरी कार्यालयमा अनिवार्य रुपमा नयाँ बजार कार्यालयमा हुन आह्वान गरेका छन् । उनले फेस्बुकमा लेखेका छन्, ‘अटेरी अभियानबाट त्रसित दलको प्रभावमा निर्वाचन आयोगले हामीलाई ३ घण्टा अघि नै प्रदान गरेको चुनाव चिन्ह ‘लौरो’ लाई अहिले आएर ’दिन नमिल्ने’ भन्ने प्रकारको फोन आएको छ ।

निर्वाचन कार्यालयले आफैले दिएको सूची मध्येबाट पाएको चिन्हलाई ‘दिन नमिल्ने’ भनेर निर्वाचन आयोगले आफू ’निष्पक्ष’ नरहेको संकेत दिएको छ ।’ पौडेलले फेस्बुक मार्फत शनिबार पत्रकार सम्मेलनको गर्नेे जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतक श्रीकृष्ण भट्टराईले आफूहरुको प्राविधिक त्रुटिका कारण पौडेलले लौरो चिन्ह पाएको तर, पोखराको हकमा दिन नमिल्ने निर्वाचन आयोगले परिपत्र पठाएको बताएका छन् ।