जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा २१मा स्वतन्त्र समाज सुधार युवा शक्ति रामदी मट्टिखान गठन ।

पोखरा २१ मा स्वतन्त्र समाज सुधार युवा शक्ति रामदी मट्टिखान गठन गरिएको छ ।आज मट्टिखानको स्याउली बजारमा भएको भेलाले ११ सदस्य कमिटि गठन गरेको हो ।उक्त भेलाले सुर्य पौडेललाई संयोजक तोकेको छ भने सदस्यहरुमा धुब्र पोख्रेल ,दिलप गुरुङ्ग ,आषिस पौडेल , हिमलाल पौडेल , तिलक खड्का, शिव गुरुङ्ग ,भुपेन्द्र थापा ,पुर्ण बहादुर नेपाल ,कमल भुजेल , विकास पौडेल र अन्य भेगबाट पछि थप गरिने भएको छ ।
फुुस्रेखोला रामदी मट्टिखान देउराली सडक निर्माणमा भईरहेको ढिलासुस्ती र लापरवाहीको बरेमा बाटो निर्माण समिति संग जानकारी लिने ,यस बाटो समितिको काम कारबाहीमा सहयोग गरि अविलम्ब उपभोक्त भेला गरि बाटोको कार्य प्रगति रिपोर्ट पेश गर्न आग्रह गर्ने। रामदी एकहाते टोल विकास संस्था र चण्डिकालिका टोल विकास संस्था लगाएत बाटो निर्माण समिति वडा कार्यलय , क्रयाशिल राजनितिक दल हुँदै महानगर तथा पुर्वधार विकास मन्त्रालय सम्म ज्ञापन पत्र बुझाउने यति गर्दा पनि बाटो बन्ने सुनिश्चितता नभए आन्दोलनका कार्यक्रम घोषण गरिने संयोजक सूर्य पौडेलले जानकारी दिएका छन् ।