जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रामदी–मट्टीखान सडक निर्माणका विषयमा यूवा शक्तिको ध्यानाकर्षण

पोखरा ।                                                                            रामदी–मट्टीखान सडक निर्माणले गति लिन नसकेको भन्दै स्वतन्त्र समाज सुधार युवा शक्तिले विविन्न राजनितीक पार्टी र जिल्ला प्रशासन कार्यलयमा ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय योजना आयोग र भौतिक पूर्वाधार तथा यातायात विभागबाट बहुवर्षिय ठेक्का सहमती भएपनि हालसम्म निर्माण प्रक्रियाले गति लिन नसकेको भन्दै युवा शक्तिले ध्यानाकर्षण गराएको हो ।
पोखरा–२१ अन्तर्रगत फुर्सेखोला–रामदी–मट्टीखान–देउरालीसम्मको १३.५ कि.मी सडकको विभिन्न स्थानमा पहिरोका कारण स्थानिय घरहरु समेत उच्च जोखिममा रहेको भन्दै तत्काल सडक निर्माणको काम थाल्न आग्रह गरेको छ । यथासक्य उक्त सडक निर्माणको काम थाल्न यूवा शक्तिले माग गरेको छ । आफूहरुको मागको वेवास्ता गरे जस्तो सुकै मुल्य चुकाउन बाध्य हुने ध्यानाकर्षण पत्रमा चेतावनी दिएको छ भने बाटो बन्ने सुनिश्चितता नभएमा आउदै गरेको स्थानीय, चुनाव सम्म सडकले कुनै परिवर्तन लिन नसके धर्ना घेराउ गर्दै “नो रोड नो भोट” सम्म जाने  स्वतन्त्र समाज सुधार युवा शक्ति रामदी मट्टीखान पोखरा २१ले बताएको छ।