जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

माछापुच्छ्रे गाउँ पालिका वर्ड न ८ कालिमाटिमा हाईलक्स दुर्घटना भएको छ।

पोखरा २०७८ चैत्र ४ ।                                                          पोखरा देखि पाहुन लिन को लागि माछापुच्छ्रे गाउँ पालिका वर्ड न ८ कालिमाटिमा मर्दी हिमाल ईको भिलेज मा पाहुन लिन आएको हाईलक्स गाडी दुर्घटना भएको हो।      आज घलेल देखि कालिमाटी खण्ड तादी खोलामा दुर्घटना भएको छ।तादी खोला तरेर केही अगडी उकलो अफ्ट्यारो भिर जहाँ सोलिङ गरिएको उकालोमा ब्रेक ले काम नगरेपछी गाडी नियन्त्रण भन्दा बाहिर गएको प्रत्यक्ष दर्सी बताउछन।                                             उकालोमा ब्रेक फेल भए पश्चात् गाडी पछाडी बगेको कारण गाडी भिर बाट ५०० मिटर तल पुरानो बाटो झलुङे पुल हुने ठाउमा पुगेर रोकिएको छ।गाडिमा सवार अस्ताम घर भएका बलाराम भुजेल को घटनास्थलमै निधन भएको छ।बलाराम बुजेल ले चलाएर आउनु भएको गाडी अन्नपूर्ण ईको भिलेज अस्ताम का बिश्व अधिकारी को रहेको छ। घटनाको खबर लगातै खोरामुख चेकपोस्ट बाट सुरक्ष्या कर्मिको पनि तल्कालै घटनास्थलमा आईपुगेका थिए।स्थानीय बासी युवा क्लब आमा समूह र पुलिस प्रसाशनको सहयोगमा उद्दार कार्य भैइ रहेको छ।   तस्बिर बुद्ध लामागाडेको फेेसबुकबाट