जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगर कृषि तथा पशु विकास महाशाखाको दुई दिने कृषक अध्ययन अवलोकन भ्रमण सम्पन्न ।

पोखरा ।
पोखरा महानगर कृषि तथा पशु विकास महाशाखाको आयोजनमा दुई दिने कृषक अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका किसान र कृषि संजालका व्यक्तिहरुको सहभागिता रहेको थियो । अध्ययन अवलोकन भ्रमण यहि चैत ११ गते बाट सुरु गरि १२ गते सम्पन्न भएको थियो । दुई दिने भ्रमणका बारेमा पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाका प्रमुख मनोहर कडेरियाले दुई दिन सम्म हुने कार्यक्रम र गरिने कामका बारेमा जानकारी गराउनु भएको थियो ।
भ्रमणका क्रम्मा चितवनमा संचालन गरिएको कृषि यान्त्रिकिकरण मेला को अध्ययन तथा नवलपरासी वडा नम्बर १० मा रहेको चिलाहा रतवल सामुदायिक ग्रामिण होमस्टे बारेमा जानकारी लिएको थियो । भ्रमणका क्रम्मा नवलपरासीमा रहेको कृषि विकास तथा संरक्षण कृषक समिति द्धारा संचालनमा ल्याईएको सामुदायिक बीउ बैंकका बारेमा जानकारी लिएको थियो । बीउ बैंकमा रहेका १७५ जाताका लोपनुमुख जातका विविन्न प्रजातिका बीउको अवलोकन समेत गरिएको थियो । भ्रमणलाई पोखरा महानगर कृषि तथा पशु विकास महाशाखाले व्यवस्थापन गरेको थियो ।कार्यक्रम्मा १०० जना किसानको सहभागिता रहेको थियो ।