जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नो रोड नो भोट कार्यक्रमलाई पोखरा २१ का आमा समूहहरुद्वारा पनि एकेबद्धता

पोखरा ।                                                                                   नो रोड नो भोट कार्यक्रमलाई पोखरा २१ रामदी एकहाते का आमा समूहहरुले पनि एकेबद्धता जनाएका छन् ।स्वतन्त्र समाज सुधार युवा शक्ति रामदी मट्टिखानले यस फुस्रेखोला रामदी मट्टिखान देउराली सडक उपभोक्तलाई यस सस्थां गठन हुनुको कारण र हाल सम्म युवा शक्तिले गरेका काम तथा आगामी दिनमा गरिने कार्यक्रमको बारेमा जानकारी गराउन बोलाईएको कार्यक्रममा आमा समुह तथा उपभोक्तहरुले युवाले संचालन गरेको कार्यक्रमलाई पुर्ण रुपमा सहयोग गरिने बताएका छन् ।
उक्त कार्यक्रममा युवाहरुद्धारा आगामी चुनाव अगाडी बाटो निर्माणको काम अगाडी नबढे ,कुनै पनि राजनितिक पार्टिले यसको समन्वयकारी भुमिका नखेले र बाटो बन्ने सुनिश्चिता नभए सम्म चुनावमा शुन्य भोट बनाउने कार्यक्रम अगाडि ल्याउने बताएका छन् ।
कार्यक्रममा उपस्थित आमा समूहले पनि सो कार्यक्रममा आफुहरुले पनि साथ दिने बताएका छन् । हाम्रो भोटले राजनिति गर्ने ,बारम्बार जनताले जिताएर पठाए पनि यस क्षेत्रको विकास निर्माणमा र बाटोको बारेमा कुनै चासो नदिएकोले आगामि चुनावमा कसैलाई पनि भोट नराख्ने निर्णय भएकको आम भेलाले जनाएको छ । साथै युवाहरु सडक निर्माण कार्य सुचारु गर्ने नभय कसैलाई भोट माग्न आऊन नदिने र ज्यानकै दाऊ राख्ने कसम खाएका छन् ।
आज भएको भेलाका सहभागिहरुले गण्डकी प्रदेश भौतिक पूर्वाधार कार्यलयमा डेलिगेसन समेत गएका थिए । सो समयमा सडक निर्माण कम्पनीका ठेकेदार सरोज गौतमले सि डि ई र जनताको माझमा अबको सात दिनमा काम सूरु गर्ने नभएमा कारबाईको लागि अगाडि बढाउदाँ आफुलाई कुनै समस्या नभएको बताएका छन् । यस स्वतन्त्र समाज सुधार युवा शक्ति रामदी मट्टिखानले कार्यक्रमलाई डेलिकेसन धर्ना र नो भोट अभियान लाई शशक्त वनाएर लाने तथा वाटो उपभोक्ता समितीको गराई र वोलाईमा एक रुपता नभयको आजको यत्रो दवाव धर्ना र घेराऊ लाई साथ नदिकन मोवाईल अफ गरी पुर्णत विफल पार्न खोजेकोमा दुखेसो कार्यक्रम संयोजक सुर्य पौडेलले व्यक्त गरे।