जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जन्मोत्सव खर्च कटाएर बेसहारा बालबालीकाहरुलाई खाद्यान्न सहयोग

जन्मभुमि खबर ,
नारायण के सी , पोखरा ।

जन्मदिनमा सबैले साथीभाइ जमघट गरेर रमाइलो गरेर मनाउछन तर पोखरा महानगरपालिका ५, मालेपाटनका ( हाल U.K बसोबास गर्दै आउनु भयका ) प्रेम गुरुङ्गले ३१ औं बाल आश्रमलाई सहयोग गरेर जन्मोत्सव मनाएका छन ।

मालेपाटन युवा क्लबका अध्यक्ष समेत रहेका गुरुङ्गले हरेक बर्ष गरिव, बेसहारालाई सहयोग गरेर जन्मोत्सव मनाउनेक्रममा यसपालि पोखरा १९ स्थित ॐ शिव शक्ति कल्याणी बाल आश्रमलाई नगद रु ११००५,फलफूल ,जुस लगायतका खाद्यान्न सामाग्री बाल आश्रमलाई दिएका थिए ।

परोपकार सामाजिक काममा रमाउने समाजसेवि युवा गुरुङ्गले बाल आश्रमलाई
घरपरिवार र समाज परिवर्तनको जिम्मेवारी बोकेका युवाहरुले रचनात्मक काम गरेर बिपन्न र गरिव मानिसलाई सेवा गर्ने संस्कारको बिकास गर्नुपर्ने गुरुङ्गले बताए । गुरुङ्गले यसअघि पनि गाँस, बाँस, कपासको समस्या झेलेका मानिसहरुलाई बेला बेलामा दान गरेर परोकारको काम गर्दै आएका छन । गुरुङ भन्छन सबैले यसरी नै आफ्नो जन्मदिन ,बिबाहत्सव र अन्य कार्यक्रममा पनि केही पैसा खर्च कम गरेर सहयोग गर्यो भने सायद कोहि भोको बस्नुपर्दैन ।