जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अदालतभित्र लागुऔषध खोज्न गएपछी…

जन्मभुमि खबर ,
पोखरा ।

कास्की जिल्ला अदालतको परिसर भित्र अनाधिकृत प्रवेश गरेर बुधबार राति (बिहान) तोडफोड गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्नेमा पोखरा महानगरपालका १५ टुटुंगा बस्ने वर्षीय अर्जुन परियार (दावा) छन् ।

उनीविरुद्ध यसअघि नै चोरी, लागुऔषध र अभद्र व्यवहारमा ८ वटा मुद्दा दर्ता भएको डिएसपी तिवारीले बताए । तिवारीका अनुसार दावाले अदालतमा लागुऔषध र पैसा खोज्दै जाँदा तोडफोड गरेको बताएका छन् । उनले प्रहरीलाई भनेका छन्, ‘यहाँ लागूऔषध पाइन्छ भनेर परिषदमा छिरेको हुँ । नजिकैको खोलाबाट ३ वटा लागुऔषध पनि पाएँ । अदालत भित्र थप लागूऔषध र पैसा पाइन्छ भनेर छिरेको हुँ ।’ अदालतको पूर्व तर्फ नै प्रहरीले लागुऔषध नष्ट गर्दै आएको छ ।

अदालत परिसदमा भने पर्खाल नाघेर भित्र गएको उनले बताएका छन् । ‘यसअघि दिउँसोमा अदालत आएको थिए । यहाँ लागुऔषध पाइन्छ भन्ने थाहा थियो,’ उनले प्रहरीलाई बयानमा भनेका छन्, ‘परिसद भित्र रड भेटे यसैले साँचो फोडेर भित्र गएको हुँ । भित्र जाँदा कागजमात्र देखे अनि बाहिर फिर्किएँ ।’

अदालतमा पसेपनि कुनै सामान चोरी नगरेको उनको दाबी छ । अदालतमा भने फाइल हराएको नहराएको खोजी भइरहेको अदालतका सूचना अधिकारी निल पनेरुले बताए । इजलासमा रहेका ३ सय ५३ मिसिल भने सकुसल भेटिएको पनेरुले बताएका थिए ।

दावाविरुद्ध यो पहिला मुद्दा होइन, उनले फागुन ११ गते मात्र लागूऔषध मुद्दामा अन्तिम पटक कास्की कारागारबाट थुनामुक्त भएको कास्की प्रहरीका प्रमखु रमेश थापाले बताए । ‘उहाँले अवसर पाउने वित्तिकै कुनै न कुनै घटनामा संलग्न भएको देखिन्छ । थुनामुक्त भएको १ महिनाको आसपासमै उनले फेरी अदालत पसेका हुन्,’ थापाले भने ।