जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बिजुलिका पोलको सहि व्यवस्थापन नहुँदा ८०० घर जोखिममा ।

बिजुलिका पोलको सहि व्यवस्थापन नगर्दा ८०० बढि घर जोखिममा परेको छ ।पोखरा २१ फुस्रेखोला रामदि मट्टीखान देउराली सडक निर्माण गर्दा खनिएर छडिएका बिजुलिका पोलले फुस्रेखोला, रामदि, एकहाते , मट्टिखान  र देउराली  गाँउका घरमा जोखिमा बढाएको छ।


बाटो स्तरउन्नति गर्ने क्रम्मा बाटो फराकिलो बनाउदाँ बिजुलिका पोल खनिएका र बिच बाटोमै छाडिएका छन् भने केहि पोललाई रासिले बानेर राखिएका छन्।


बिजुलिका पोल बाटोमा हुदाँ दुर्घटना बढेको र यातायात चलाउन समेता समस्या भएको स्थानीयहरू बताउछन्।

यस बिषयमा बिद्युत कार्यलाय लाई जानकारी गराउदाँ बाटो निर्माण कम्पनि कार्यलयमा राख्नु पर्ने पैसा नराखेकोले पोल सार्न नसकिएको बताउछ।

समितिलाई स्थानीयले यसका बारेमा सोध्धा निवेदन दिएको बताउछ भने बिद्युत कार्यलाय पोखरा मालेपाटनले आफुकरुलाई कुनै जानकारी नआएको र जानकारी आएको र पैस जम्मा गतेको २४ घण्टामा काम अगाडी बढाउने बताउछ।

यसका बिषयामा बुझन खोज्दा बाटो निर्माण जिम्मा लिएको सिरुवा जेबि काठमाडौं का प्रतिनिधि दिनेश पौडेलको नम्बरमा सम्पर्क हुन सक्दैन्।

पोलको उच्च व्यवस्थापन समयमै गर्न नसक्ने हो भने कुनै पनि समयमा ठुलो मानविय तथा भौतिक सम्पत्तिको क्षेतिहुने जोखिम बढेको छ।