जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मिलन चण्डिकालीका कृषि सहकारीको एक दिने तरकारी खेति तालिम सम्पन्न ।

पोखरा ,२६ माघ  ।                                                              मिलन चण्डिकालीका कृषि सहकारी संस्था लिमिटेड द्धारा तरकारी खेति सम्बन्धि एक दिने तालिम सम्पन्न गरेको छ । पोखरा २१ रामदी एकहाते मा रहेको सो सहकारीले आफना शेयर सदस्यहरुलाई लरे बालि तथा टनेल निर्माण गरि मौसमी तथा बेमौसमी तरकारी खेति सम्बन्धि तालिम दिएको हो ।
सहकारीका शेयर सदस्यहरुलाई कृषिमा लागेर आत्मनिर्भर हुन सकुन र तालिम पछि किसानले उत्पादन गरेको बस्तु बजारीकरण गरिदिने उद्देश्यका साथ तालिम दिएको सस्ंथाका अध्यक्ष क्या दिल बहादु थापाले बताउनु भएको छ ।
तालिममा नरसरी निर्माण,तरकारी लगाउने तरीका तथा रोग लागेमा कसरी उपचार गर्न सकिन्छ भन्ने विषयमा जानकरी गराईएको थियो ।
तालिमको सहजिकरण पोखरा महानगर कृषि साखाका प्रविधिक सहायक सुरज चिलुवालले गर्नु भएको थियो । तालिम्मा सहकारीका ४० जना सदस्यहरुको सहभागिता रहेको थियो ।