जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सेभेन स्टार फुड एण्ड मार्ट वम्पर उपहार घोषणा ।

रमेश पोख्रेल ,माघ ८ पोखरा ।

पोखराको सिमलचौरमा रहेको सभेन स्टार फुड एण्ड मार्टले सञ्चालन गरेको दशै तिहार –२०७८ को बम्पर उपहारको प्रथम पुरस्कार सन्दीप ढकालले प्राप्त गरेका छन् ।

मार्टले शनिबार आफ्नो स्थापनाको एक वर्ष पुगेको अवसर पारेर आयोजना गरेको एक कार्यक्रमकाविच गोला प्रथा मार्फत बिराटनगर–२ मोरङ घर भई पोखरामा कार्यरत सन्दीप ढकाल विजेता घोषित भएका हुन् । उनलाई आजनै सो पुरस्कार हस्तान्त्रण गरिएको मार्ट सञ्चालक समितिका अध्यक्ष राजु भुवाइले जानकारी दिए ।

यस्तै दोश्रो पुरस्कार अन्र्तगत वासिङ मेसिन चिट्टा नम्वर १९४३, तेश्रो पुरस्कार एलईडी टेलिभिजन चिट्टा नं ४०३, र चौथो पुरस्कार वाटर गिजर चिट्टा नम्वर २५३३ का ग्राहकले प्राप्त गरेका छन् ।

यस्तै सान्त्वना पुरस्कार स्वरुप इलेक्ट्रिक हिटर १० जनाले प्राप्त गरेका छन् । मार्टका अनुसार उक्त पुरस्कार प्राप्त गर्नेहरुमा चिट्टा नम्वरहरु ३०२८, १२३८, ४६२, ७११, ७६३२, २९०९, १७६५, ३०९९, ४२२ र ९८१६ छन् ।

एक वर्ष अगाडी पोखराका ७ जना यूवा व्यवसायीहरुको करिव १० करोडको लगानीमा सञ्चालनमा आएको मार्टले आगामी दिनमा शाखा विस्तार गर्ने, नियमित ग्राहकहरुलाई कस्टम्वर डिस्काउन्ट कार्डको व्यवस्था गर्ने लगायताका योजना बनाएको सचिव पनेरुले सो अबसरमा सुनाए ।

कार्यक्रममा मार्ट स्थापनाको एक वर्ष पुगेको अवसरमा केक काटेर मनाइनुका साथै संस्थाका उत्कृष्ट कर्मचारीहरु सिनियर एकाउण्टेन्ट सुवास पोखरेल र कर्मचारी समिक्षा केसीलाई सम्मान गरिएको थियो ।