जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लागुऔषध गाँजासहित घारीपाटन बस्ने विक्रम पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा लागुऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् ।

स्याङ्जा वालिङ ४ घर भई पोखरा- १७ घारीपाटन बस्ने २४ वर्षीय विक्रम गुरुङ दुई किलो ७३० ग्राम गाँजासहित पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

गुरुङलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले पोखरा -३२ मझुवा स्थित पृथ्वी राजमार्ग सडक खण्डमा मंगलबार सवारी साधन चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

पक्राउ परेका गुरुङलाई लागुऔषध मुद्दामा जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।