जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रामदी आधारभूत विद्यालयमा व्यवस्थापन समिति पुनर्गठन

पोखरा, २९ मङ्सिर ।

पोखरा २१ रामदीमा रहेको रामदी आधारभूत विद्यालयमा विव्यस पुनर्गठन गर्ने कार्यक्रम यही मिति २०७८/०८/२९ गते बुधबार सम्पन्न भयो ।

पोखरा मनपा शिक्षा महाशाखाका शिक्षा अधिकृत श्री सोमनाथ भण्डारीको संयोजकत्वमा गठित पदाधिकारी छनोट सहजीकरण समितिमा वडा सदस्य नन्दलाल अधिकारी र राम बहादुर गुरुङ रहनुभएको थियो । उक्त समितिले सर्वसम्मत रुपमा निम्नानुसारको विद्यालय व्यवस्थापन समिती गठन भयो ।
अध्यक्ष : क्याप्टेन डि बि थापा सदस्यहरूमा कविराज पौडेल,
देवराज सुनार, तारा नेपालि, सरस्वती सुनार,  गुमानसिंह नेपाली, राम बहादुर गुरुङ, नारायणी पौडेल बराल, सचिवमा रेशमप्रसाद ढकाल रहनु भएको छ।सोहि कार्यक्रममा शिक्षक अभिभावक सङ्घ पनि गठन गरिएको छ।शिक्षक अभिभावक सङ्घको अध्यक्ष : श्री समन बहादुर गुरुङ,सदस्यहरूमा  दिलबहादुर खड्का, भक्त बहादुर कार्की, हिमलाल पौडेल, सुनिता खत्री, गंगा गुरुङ, कमला कार्की, मुवा बि. क.र सन्ध्या पौडेल रहनु भएको छ।कार्यक्रममा बिशेष अतिथि वडा सदस्य नन्दलाल अधिकारि,राम बाहदुर गुरूङ्ग,नेकपा एमाले वडा २१ का उपाध्यक्ष खगराज न्यौपाने , शिक्षक अभिभावक संघका समन बहादुर गुरुङ लगाएतले आफ्ना भनाई राखेका थिए।सो कार्यक्रम संस्थाका अध्य्यक्ष दिल बहादुर थापाको अध्यक्षतामा भएको थियो।कार्यक्रमलाई स्वागत संस्थाका सदस्य कविराज पौडेलले गर्नु भएको थियो भने कार्यक्रम संचालन बिद्यालयका प्रधानधयापक रमेश ढकालले गर्नुभएको थियो।