जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रेस सेन्टर महानगर कमिटि द्वारा पराजुलीको स्वास्थ्य लाभको कामना सहित भेटघाट

जन्मभुमि खबर ,
पोखरा ।

प्रेस सेन्टर नेपाल महानगर कमिटि द्वारा कमिटि सदस्य बन्धुराज पराजुलि लाई स्वास्थ्य लाभको कामना सहित हरेक सदस्यमा अपनत्व महशुस गराउन सेन्टरलाइ बलियो र मजवुत निकटता र एकताबद्द बनाउने उदेस्यले आफ्नो प्रथम बैठक बाट गरिएको पुर्व घोषित निर्णय अनुसार आर्थिक सहयोग गरेको छ।

पराजुलि एक बर्ष अगाडि मोटरसाइकल साइकल दुर्घटना बाट घाइते भएका थिए ।पछिल्लो समयमा उनको गोडामा पुन समस्या देखिएपछि काठमाडौमा गएर ग‍ोडाको अप्रेसन गरि पोखरा फर्किएर आफ्नै निवासमा आराम गरि रहेका पराजुलीले डाक्टरको सल्लाह बमोजिम अझै केहि साता घरमै बसि आराम गर्नु पर्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल महानगर कमिटिका अध्यक्ष शिबराज बस्ताकोटि (शिवदाइ) उपाध्यक्ष राजेन्द्र शर्मा , तिर्थ केसि लगाएत कार्यसमित सदस्य शिव थापा दिलिप भण्डारी सहित आज उनकै निवास वडा नम्वर ३३ मा पुगेर उनको स्वास्थ्य बारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना सहित प्रेस सेन्टर महानगर कमिटीको पुर्व घोषित प्रथम निर्णय अनुसार आर्थिक सहयोग गरेको छ।

अध्यक्ष बस्ताकोटिले स्वास्थ्य लाभको कामना गर्दै सहयोग हस्तान्तरण गर्नेक्रममा यो सहयोग पराजुली कमजोर विपन्न भएकै कारण नभइ कमिटिमा अपनत्व बढाउनु र कमिटी का सबै सदस्यमा भाइचारा को सम्बन्ध स्थापित गर्दै सुख दुख एक आपसमा साटासाट गर्ने परम्परा बसाउनु रहेको बताए ।

कमिटिका कुनैपनि सदस्य लाई परेको दुख पीडा र समस्या लाई समाधान गरि सिङ्गो कमिटी सदस्य का हक अधिकार लाई सुनिश्चित गर्नु प्रेस सेन्टरको उदेश्य रहेको बताउदै आगामी दिनमा पनि सेन्टरका सदस्य लाई सहयोग र साथ दिदै प्रेस सेन्टर कमिटि लाई कमिटि मात्र नभएर बन्धुत्वसहितको सम्वन्धमा बाधिएको कमिटि बनाउनआफू सदा प्रतिवद्द रहेको बस्ताकोटिले बताए।

कमिटिका सदस्य बन्धुराज पराजुलिले खुसि हुदै आफुलाइ आफ्नो स्वास्थ्य लाभको कामना सहित आफ्नै निवासमा आएर कमिटीको तर्फ बाट सहयोग साथै स्वास्थ्य स्थिति बारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेकोमा सहयोग रकम सानो भएपनि यो आफुप्रति कमिटिले गरेको माया सदभाव अपनत्व ले गर्दा कमिटि प्रति आफू लाइ अझै जिम्मेवार बनाएको बताउदै आगामी दिनमा आफू कमिटिका लागि सदा लागि पर्ने जनाउदै सिङ्गो कमिटिलाइ धन्यवाद दिएका थिए। सहयोग रकम खास केहि नभएको तर यसरी प्रेस सेन्टर महानगर कमिटिले आफ्नो स्वास्थ्य प्रति चासो राखेकोमा आफ्नो हौशला समेत बढेको जनाउदै खुसि व्यक्त गरेका थिए ।