जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा पावर हाउसबाट अवैध लागु औषधसहित एक युवक पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

लेखनाथस्थित पावर हाउसबाट अवैध लागु औषधसहित एक युवक पक्राउ परेका छन्।

स्याङ्गजा जिल्ला फेदिखोला गाउँपालिका वडा नं -२ सर्केटारी स्थायी घर भइ हाल पोखरा महानगरपालिका -६ लेकसाइड बस्दै आएका २९ वर्षीय प्रदिप बिक लागु औषधसहित पक्राउ परेको कास्कीका निमित्त प्रहरी निरीक्षक तथा प्रहरी प्रवक्ता दिपक केसीले जानकारी दिए।

केसीका अनुसार मंगलबार पृथ्बीराजमार्ग सडक खण्डमा पर्ने पोखरा -३० पावर हाउसचोकमा सवारी चेकजाँच गर्ने क्रममा बिक अवैध लागु औषधसहित पक्राउ परेका हुन्।

प्रहरीले उनको साथबाट डाईजापाम -५१एम्पुल, फेनारगन -५१ एम्पुल र नुर्फिन -५१ एम्पुल गरी जम्मा १५३ एम्पुल लागु औषध र मोवाइल एक थान वरामद गरेको छ।

पक्राउ परेका उनीमाथि लागु औषध सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता केसीले बताए।