जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीको अन्नपूर्ण गाउँपालिकामा रोकेर राखेको ट्रेलरमा ठोक्किँदा स्कूटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीका गएराति सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा भएका कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. १ नौडाँडाका २८ वर्षीय सुनिल केसी र सोही ठाउँका ३० वर्षीय कृष्ण सुवेदी रहेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित नौडाँडाबाट काँडेतर्फ जाँदै गरेको ग२१प ४४६० नम्बरको स्कूटर उक्त स्थानमा रोकेर राखेको सवारी साधन बोक्ने ट्रेलरमा ठोक्किँदा दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ ।

कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार गएराति ११ः५५ बजे सो दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारकाम लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएकोमा चिकित्सकले चेकजाँचका क्रममा मृत घोषणा गरेको डिएसपी तिवारीले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।