जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

ओछ्यानमा पिसाब फेर्छ भनेर उनले बालकको लिंगमा रबर बाँधिदिने पोखराकी होस्टेल वार्डेन पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

विद्यालयको होस्टेलमा बस्ने बालकको लिंगमा रबरले बाँधेर यातना दिने होस्टेल वार्डेनलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १५ गलेश्वर चोकस्थित न्यू लाइफ स्कुलकी होस्टेल वार्डेन जिल्ला नुवाकोट पञ्चकन्या गाँउपालिका वडा नम्बर २ घर भई हाल पोखरा १४ बस्ने वर्ष २७ की जानुका नेपाली रहेको कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।

पक्राउ परेकी नेपालीले विद्यालयको हाेस्टेलमा बस्ने ६ वर्षीय एक बालकको लिंगमा रबरले बाँधेर यातना दिएकी थिइन्। राति सुत्दा ओछ्यानमा पिसाब फेर्छ भनेर उनले बालकको लिंगमा रबर बाँधिदिने गरेकी थिइन्। विद्यार्थीका आफन्तले मंगलबार घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्कीमा बालबालिकासम्बन्धी ऐन, २०७५ अन्तर्गत बालबालिकाविरुद्धको कसुरमा जाहेरी दिएका थिए। आफन्तको जाहेरीसँगै आरोपित वार्डेन नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो। नेपालीलाई मंगलबार नै अदालतबाट ५ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ।