जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेकपा (माओवादी केन्द्र) ले गर्यो पोखरा – २१ मा टोल कमिटी गठन

१७ कार्तिक, पोखरा – २१
नेकपा (माओवादी केन्द्र) ले कास्की जिल्ला मै पहिलोपटक पोखरा २१ मा टोल समिति गठन गरेको छ । वडा अधिवेशन तयारी निमित्त पूरै वडामा १० वटा टोल समिति गठन गरि टोल नम्बर तीन पोख्रेलथोक थाप्ले तिलाहार टोल समितिको प्रथम भेला पोखरा २१ स्थित फोक्सिङकोट कालिका मन्दिरको प्राङ्गणमा सम्पन्न गरेको छ । भेलाले गोबिन्द प्रसाद अधिकारीको नेतृत्वमा २१ सदस्यीय कमिटी गठन गरेको छ । टोल भेला आयोजक समिति सदस्य टंकप्रसाद अधिकारी ‘जीवन’ ले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रमको अध्यक्षता वडा कमिटी सदस्य मनरूपा अधिकारी क्षेत्रीले गर्नुभएको थियो भनें कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं पार्टीका पोखरा महानगरपालीका सचीव विनय थापाले कार्यक्रमको ब्यानरमा हस्ताक्षर गरेर गर्नुभएको थियो । कार्यक्रममा वाइसिएल पोखरा २१ अध्यक्ष रेशम अधिकारीले स्वागत मन्तव्य राख्दै कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।
२१ का पार्टी वडाकमिटी अध्यक्ष पूर्णदीप सिग्देल, सचीव रेशम गिरी, पार्टी जिल्ला सल्लाहकार निर्मलबहादुर अधिकारी क्षेत्री लगायतले शुभकामना मन्तव्य दिँदै पार्टीको विगतको भूमिकालाई मूल्यांकन गर्दै आगामी दिनमा पार्टीलाई अझ बढी जनता र समाजवादको निम्ति जोडदार ढंगले अघि बढ्नुपर्ने कुरालाई जोड दिनुभएको थियो ।
शुभकामना दिँदै कार्यक्रमका सबै वक्ताहरूले माओवादी आन्दोलनले स्थापित गरेका गणतन्त्र संघीयता र धर्मनिरेपक्षजस्ता मुद्दा लाई अन्य संसदवादी दलले अपहरण गरेको विश्लेषण व्यक्त गर्दै आगामी दिनमा पार्टीले आफ्ना मुद्दालाई लिएर अझ घनिभूत रूपले राष्ट्रिय राजनीतिमा उपस्थित हुनुपर्ने कुरालाई व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका महानगर कमिटी सचीव विनय थापाले मन्तव्य दिँदै समसामयिक राजनीतिको व्याख्या गर्दै महानगर देखि वडासम्मको अधिवेशन सम्पन्नको निम्ति आगामी कार्तिक २५ गतेसम्म पार्टी सदस्यता नविकरण र मंसिर ४ भित्र वडा कमिटी अधिवेशन सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । पार्टीले संगठित सदस्य १५ लाख र शुभचिन्तक र मतदाताको संख्या ३१ लाख पुर्‍याउने लक्ष्य लिएको जानकारी गराउँदै सो लक्ष्यमा पुग्नको निमित्त पार्टी र सबै जनवर्गीय संगठनलाई निर्देशन दिनुभएको थियो ।
नवनिर्वाचित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका महानगर कमिटी सचीव विनय थापाले पद तथा गोपनियताको सपथग्रहण गराउनुभएको थियो भनें नवनिर्वाचित टोल कमिटी अध्यक्ष गोबिन्द प्रसाद अधिकारीले स्थानीय स्तरमा रहेको अन्य दलको दबदबा तोड्ने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

भेलाद्वारा निर्वाचित कार्यसमितिमा
अध्यक्ष – गोबिन्द प्रसाद अधिकारी
उपाध्यक्ष – राजन अधिकारी
सचिब – टंकप्रसाद अधिकारी ‘जीवन’
सहसचिब – टेकबहादुर अधिकारी
कोषाध्यक्ष – सिर्जना अधिकारी
लगायत रहनुभएकोछ ।

भेलाले आगामी मंसिर ४ गते प्रथम वडा अधिवेशन सोही स्थान (फोक्सिङकोट कालिका मन्दिर प्राङ्गण) मा गर्ने व्यहोराको समेत जानकारी दिएको छ ।