जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रेस सेन्टर महानगर कमिटीद्वारा ११ बुँदे पोखरा घोषणापत्र जारी

जन्मभुमि खबर ,
पोखरा ।

प्रेस सेन्टर नेपाल पोखरा महानगर कमिटिले ११ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ ।

कमिटीको आज पोखरामा बसेको प्रथम बैठकले ११ बुँदे घोषणापत्र सहित विभिन्न निर्णय गरेको अध्यक्ष शिवराज बस्ताकोटी शिव दाईले जानकारी दिए ।

कमिटीले श्रमजिवी पत्रकारहरु र मिडियाका अवस्थाबारे जानकारी लिने, जनपत्रकारिता पुरस्कार घोषणाका लागि अक्ष्यकोषको स्थापनाका लागि पहल गर्ने, सदस्यहरुको आकस्मिक दुर्घटना वा विरामी परेमा आर्थिक सहयोग गर्ने, सदस्यहरुको घरमा पारिवारमा आकस्मिक घटना वा निधन भएमा ५ हजार संस्थागत सहयोग, अनिवार्यरुपमा एक वडा एक पत्रकार अभियानको थालनी गर्ने बुँदा सहितको घोषणापत्र सार्वजनिक गरेको हो ।

कमिटीका अध्यक्ष बस्ताकोटीले पोखराको शहिदचोकस्थित शहिदपार्कमा
माल्यापर्ण गरि शुरुवात भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा मओवादी केन्द्र पोखरा महानगर कमिटि अध्यक्ष विश्व प्रकाश लामिछानेले भनाई राखेका थिए । यस्तै प्रेस सेन्टर केन्द्रिय सदस्य राम प्रसाद तिमिल्सेना तथा प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडीले बोलेका थिए । यस्तै आज नै प्रचण्ड पुत्र प्रकाश दाहाल को चौथो स्मृतिको सम्झना गर्दै माल्यापर्ण गरिएको थियो ।