जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज  भाइटीकाको उत्तम साइत  बिहान ११ बजेर २ मिनेटमा,उत्तर र पश्चिम फर्केर लाउन सकिने।

२०७८ कात्तिक २० गते शनिबार।                                             आज  भाइटीकाको उत्तम साइत  बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।      बिहान ७:३९ देखि ९:०१ सम्म शुभ बेला ,११:०२ मिनेट मा उत्तम साईत रहेको छ।त्यसतै ११:२३ देखि १२:०७ मा अभिजि मूत रहेको छ।आज चन्द्रमा उत्तर दिशामा भएकोले उत्तर वा पश्चिम मुख गरि टीका थाप्नु शुभ रहेको छ।

शास्त्रकाअनुसार मनुष्यको पूजा मध्यान्नकाल भित्रै गर्नुपर्ने उल्लेख भएकाले सकेसम्म १२ बजे भित्रै भाइटीका गर्न उहाँको सुझाव पनि छ ।यो समयमा पनि टीका लगाउन नभ्याए दिनभरि नै लगाउन सकिन्छ ।