जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा ३० पावर हाउसस्थित सडकबाट लागूऔषध गाँजा सहित रोशन पक्राउ

जन्मभुमि खबर,
पोखरा ।

पाेखरामा करिब ५ किलाे अवैध
लागूऔषध गाँजासहित एक जना युवक पक्राउ परेका छन् ।

कास्कीकाे पोखरा ३० पावर हाउसस्थित सडकबाट करिब ५ किलो
अवैध लागूऔषध गाँजा सहित धादिङकाे रोरा ४ घर भएका २४ वर्षीय रोशन थोकरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ग.१ ख ९४०३ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार पाेखरा ११ रानीपौवा बस्दै आएका थाेकरको साथबाट गाँजा फेला पारेकाे जनाएकाे छ ।

अवैध गाँजासहित पक्राउ परेका उनी बारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।