जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा ६७९ कोरोना संक्रमित थपिए , १४०५ जना सङ्क्रमणमुक्त

देशभर थप ६ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा पाँच सय ७४ र एन्टिजेन परीक्षणमा एक सय पाँच जनामा संक्रमण देखिएको हो ।

यो अवधिमा सात हजार ७० जनाको पीसीआर परीक्षण र तीन हजार आठ सय ५० जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

हाल देशभर १६ हजार आठ सय चारजना सक्रिय संक्रमित रहेका छन् ।  आइतबार एक हजार चार सय पाँच जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा सात जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार एक सय ६४ पुगेको छ ।