जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जग्गा पास गराइदिन्छु भन्दै सेवाग्रहीसंग घुस लिएको आरोपमा कास्कीबाट मात्रिका पक्राउ

जन्मभुमि खबर,
पोखरा ।

मालपोत कार्यालय कास्कीबाट एक जना लेखापढी ब्यबसायी पक्राउ परेका छन्। कार्यालय परिसर छेउमा एचएमटी सेवा नामको लेखापढी कार्यालय ब्यबसाय संचालन गरी बस्ने मात्रिका बस्ताकोटीलाई प्रहरीले पक्राउ गरेको हो।उनी पोखरा महानगरपालिका वडा नम्बर २३ निवासी हुन् ।

जग्गा पास गराइदिञ्छु भन्दै सेवाग्रहीसंग घुस लिएको आरोप लगाएर प्रहरीले उनलाई पक्राउ गरेको हो।  उनले सेवाग्रहीसंग २५ हजार रुपियाँ घुस लिएको समाचारस्रोतले जानकारी दिएको छ।

प्रहरीले बस्ताकोटी पक्राउ परेको स्वीकार गरे पनि उनले कोसँग कहाँको र  कस्तो जग्गा पास गराइदिने प्रलोभन दिएर घुस लिएका हुन् भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन। उनलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको प्राप्त समाचारमा जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी सुबाश हमालले जग्गा पा’स गराइदिने प्रलोभन देखाएर रकम लिएको आरोपमा एक जना पक्राउ परेको जानकारी दिंदै त्यस सम्बन्धमा आबश्यक अनुसन्धान भैरहेको जानकारी दिए।