जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एमालेका पूर्वसांसद सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ ४६ करोड ठगीको उजुरी पक्राउ

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ ठगीको आरोपमा पक्राउ परेका छन् । उनीसहित एक दर्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज सुन्धाराबाट पक्राउ गरेको हो ।

एमालेका पूर्वसभासद तथा सिभिल बैंकका अध्यक्ष तामाङसहित पक्राउ परेकाहरूमाथि करोडौँ रुपैयाँ ठगीको आरोप लागेको छ ।

उनीहरूविरुद्ध ४६ करोड रुपैयाँ ठगीको उजुरी परेको र सोही आधारमा पक्राउ गरिएको बताइएको छ ।

७० जना निक्षेपकर्ताले तामाङसहितको समूहले ठगी गरेको उजुरी दिएका छन् ।