जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लेकसाइडस्थित पूर्वयुवराज पारस शाहको घरबाट चोरी , कामदार सामानसहित काठमाडौंमा पक्राउ

जन्मभुमि खबर,
पोखरा ।

पोखरा लेकसाइडस्थित पूर्वयुवराज पारस शाहको घरबाट चोरी भएको छ । बंगलादीमा रहेको घरबाट सामान चोरीको आरोपमा प्रहरीले काठमाडौंबाट शिव गौतमलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताए । प्रहरीका अनुसार गौतम पारस शाहको घरमा कामदार थिए ।

गौतमले लिएर गएका सामानसहित काठमाडौंमा पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले २ थान आइप्याड, दुरविन, क्यामरा र नोकिया फोन बरामद गरेको जनाएको छ । ती सामान अहिले पूर्वयुवराज शाहलाई बुझाइसकिएको छ ।