जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मानव सेवा आश्रममा सहयोग

जन्मभुमी खबर,
पोखरा ।

पोखरा– ८ पृथ्वीचोकस्थित तिब्तीयन शरणार्थी क्याम्प व्यापारिक एसोसिएसनले संस्थाको १५ औं स्थापना दिवसका अवसरमा मानव सेवा आश्रम हेमजामा आर्थिक सहयोग उपलब्ध गराएको छ ।

कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार वसन्त थकालीले मानव सेवाको क्षेत्रमा महत्वपूर्ण कार्य गरेको मानव सेवा आश्रमको योगदान महत्वपूर्ण रहेको र मानवीय सेवा नै महत्वपूर्ण धर्म रहेको बताए ।

मानव सेवा आश्रम कास्कीका संयोजक राजन सापकोटाले मकवानपुरको हेटौंडामा प्रधान कार्यालय र आश्रम रहेको यस संस्थाले १६ जिल्लामा २३ आश्रम सञ्चालन गरेको जानकारी दिए । हेमजाको बाबिया तराको लक्ष्मीनारायण मन्दिरको ६३ रोपनी जग्गा २९ वर्षका लागि लिजमा लिई आश्रम सञ्चालन गरिएको र महिलाका लागि छोरेपाटनमा छुट्टै आश्रम रहेको बताए । हेमजामा विभिन्न उमेर समूहका करिब १ सय जना पुरुष र छोरेपाटनमा करिब ७० जना महिलालाई सेवा प्रदान गरिएको बताए । आश्रममा असहाय र मानसिक दुर्बलता भएका फुटपाथमा रात बिताउने व्यक्तिहरुको उद्धार गरी आश्रममा ल्याइएको पनि बताए ।

सबैको सहयोगबाट सञ्चालित आश्रमलाई यस व्यापारिक एसोसियसनले सहयोग पु¥याई प्रोत्साहन प्रदान गरेको कार्यको प्रशंसा गरे ।
निर्वतमान अध्यक्ष रुद्रनाथ पौडेलले संस्थाको गतिविधिबारे प्रकाश पार्दै सफलताको शुभकामना व्यक्त गरे ।
व्यापारिक एसोसियसनका संस्थापक सचिव रामचन्द्र पौडेलले संस्थाको स्थापना शरणार्थी क्याम्पका सटरमा व्यवसाय गर्ने व्यवसायीहरुको हकहित, शरणार्थी संस्थासँग समन्वय र सामाजिक सेवा गर्ने उद्देश्यका साथ स्थापना गरिएकोमा सो कार्य गर्न संस्था अग्रसर भइरहेको कार्यको सराहना गरे । सो अवसरमा पूर्णकुमार श्रेष्ठ, भीमलाल श्रेष्ठ, खगेश्वर पन्थ, राधा श्रेष्ठ, नवीना श्रेष्ठ, मीनबहादुर बस्नेत र गंगा बरालले शुभकामना व्यक्त गरे ।
संस्थाको तर्फबाट बिहानको भोजनका लागि साढे १५ हजार र संस्थाका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरुबाट संकलित साढे १० हजारसमेत गरी कुल २६ हजार र जिन्सी सामग्रीसमेत हस्तान्तरण गरिएको थियो ।
तिब्बतीयन शरणार्थी क्याम्प व्यापारिक एसोसियसनका अध्यक्ष रमेशबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हेमराज बरालले स्वागत र सचिव कमला पौडेलले सञ्चालन गरेका थिए ।