जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा १२ मा ज्येष्ठ नागरिकलाई सम्मान

जन्मभुमि खबर,
पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर १२ ले ३१ औं ज्येष्ठ नागरिक दिवसमा १० जना ज्येष्ठ नागरिकलाई सम्मान तथा सहयोग गरेको छ । वडाभित्रका ९५ वर्षमाथिका ९ जना र ८० वर्षीया १ दलित ज्येष्ठ नागरिकलाई सम्मानसहित न्यानो कपडा र खाद्यान्न प्रदान गरिएको थियो ।

ज्येष्ठ नागरिकहरुलाई वडाध्यक्ष रामबहादुर कार्की, वडा सदस्यहरु निर्मलबहादुर थापा, सीतादेवी बास्तोला, विष्णु विश्वकर्मा, देशभक्त केसी, वडा सचिव मञ्जु ढुंगाना, समाजसेवी गुप्तबहादुर कार्की लगायतले दोसल्ला र फूलका मालाले अभिनन्दन गरेका थिए । कार्यक्रमका वक्ताहरुले ज्येष्ठ नागरिकको दीर्घजीवनका कामना गरे । उनीहरुले ज्येष्ठ नागरिक अनुभवको सँगालो भएकाले सम्मान गर्नु सबैको दायित्व भएको बताएका थिए ।

सम्मानित हुने ज्येष्ठ नागरिकहरुमा धनमाया गुरुङ (१०१) केशवीर गुरुङ (९८) चन्द्रकला घिघिरे (९८) फूलमाया क्षेत्री (९८) प्रेमकुमारी गुरुङ (९७) विष्णुमाया उपाध्याय सिग्देल (९७) रुद्रबहादुर कार्की (९७) मिमबहादुर गुरुङ (९६) सीता गुरुङ (९५) र सन्तमाया सुनार (८०) रहेका छन् ।