जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा ८६७ कोरोना संक्रमित थपिए , ११२३ जना सङ्क्रमणमुक्त

पछिल्लो २४ घण्टामा ६५९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार ५९८ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६५९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै, दुई हजार ६२१ वटा एन्टीजेन परीक्षण गर्दा २०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.४ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार १२३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा नौ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १५७ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

सक्रिय सङ्क्रमित हुने १७ हजार ६५२ जना छन् ।