जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीमा मृत्यु संख्या शुन्य ,कास्कीका ७२ जना सहित गण्डकीमा १०१ जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर ,
पोखरा ।

शुक्रबार गण्डकीका १०१ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ८४६ जनामा गरिएको नमुना परीक्षणमा थप १०१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका सात जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ७२ जना, तनहुँका तीन जना, गोरखाका छ जना, लमजुङका छ जना र नवलपुरका चार जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका दुई जना र बागलुङ जिल्लाका आठ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८५ हजार ७६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ९४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८३ हजार १२४ पुगेको छ। गण्डकीमा हाल सक्रिय संक्रमितको संख्या १२७४ रहेको छ।

हालसम्म गण्डकीमा कोरोना संक्रमणका कारण १३६२ ले ज्यान गुमाइसकेका छन्।