जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

खोला तर्ने क्रममा बाढीले बगाउँदा एक किशोरको मृत्यु

रौतहटमा खोलाले बगाउँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैंडाटारका १४ वर्षिय सुकराम ठोकर रहेका छन् ।

उनको स्थानीय चाँदी खोला तर्ने क्रममा बाढीले बगाउँदा मृत्यु भएको हो । खोलाले बगाएर वेपत्ता बनाएको उनको शव आइतबार बिहान बगाएको स्थानबाट करिब ३ किलोमिटर टाढा फेला परेको वडाध्यक्ष वोधनाथ देवकोटाले जानकारी दिए ।

उनका अनुसार गैंडाटारबाट आफ्नो घर चिसापानी जाने क्रममा बीचमा पर्ने चाँदी खोला तर्नेक्रममा मृत्यु भएको हो। उक्त स्थानमा पुल नहुँदा बर्खाका ओहोरदोहोर गर्न स्थानीयलाई सास्ति पर्ने गरेको छ ।