जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका २ जना सहित गण्डकीमा थप ५ जनाको मृत्यु ,कास्कीका ७० जना सहित गण्डकीमा ११२ जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर,
पोखरा ।

सोमबार गण्डकीका ११२ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ७१७ जनामा गरिएको नमुना परीक्षणमा थप ११२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १६० जनामा गरिएको परीक्षणमा ७० जनाको रिपोर्ट पोजेटिभ आएको छ। यसबाहेक तनहुँका १० जना, गोरखाका आठ जना, लमजुङका दुई जना र नवलपुरका पाँच जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, स्याङ्गजाका १२ जना, पर्वतका एक जना, बागलुङका तीन जना, र म्याग्दी जिल्लाका एक जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८५ हजार ९८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २६४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८३ हजार ५५८ पुगेको छ। गण्डकीमा हाल सक्रिय संक्रमितको संख्या १०५९ रहेको छ।

सोमबार गण्डकीमा थप पाँच जनाको मृत्यु पुष्टि भएको छ। आज मृत्यु पुष्टि हुनेमा कास्कीका दुई जना, तनहुँका एक जना, स्याङ्गजाका एक जना र म्याग्दी जिल्लाका एक जना छन्।

आज मृत्यु पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३७१ पुगेको निर्देशनालयले जनाएको छ।