जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

उत्तर कोरियाले फेरि गर्‍यो मिसाइल परीक्षण

उत्तर कोरियाले फेरि अर्को मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले बिहीबार नयाँ एन्टी–एयरक्राफ्ट मिसाइल परीक्षण गरेको जनाएको छ ।

एक महिनाभित्र उत्तरले चौथो पटक मिसाइल परीक्षण गरेको छ । केही दिनअघि मात्रै उसले हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । उक्त मिसाइल परमाणु क्षमतासहितको भएको पनि बताइएको छ । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले ‘दोहोरो मापदण्ड ’ अपनाएको भन्दै आत्मरक्षाका लागि हतियार परीक्षण गरेको बताएको छ । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार नयाँ एन्टी–एयरक्राफ्ट मिसाइल शक्तिशाली युद्ध क्षमतासहितको छ ।

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले भने यी परीक्षणले ‘अस्थिरता र असुरक्षालाई लिएर धेरै आशंका पैदा हुने’ बताएका छन्