जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो भितामा टास्दै मुखमा गोबर लगाइदिने नेविसंघका नेता पक्राउ

काठमाडौं । प्रहरीले नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई पक्राउ गरेको छ ।

राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई गोबर उपहार दिन बानेश्वरमा भेला भएका विद्यार्थी नेता त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो भितामा टास्दै मुखमा गोबर लगाइदिएका थिए ।

मध्यरातमा संविधानको चीरहरण गरेको प्रतिगामी कदमविरुद्ध प्रतिकात्मक विरोधस्वरुप राष्ट्पति र प्रधानमन्त्रीलाई गोबर उपहार पठाउने नेविसंघको कार्यक्रम थियो ।