जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अक्सिजन लगायत औषधीजन्य सामाग्री सहयोग गर्ने उदेश्यले कास्की परिवार दक्षिण कोरियाको एक हप्ते आर्थिक सहयोग संकलन अभियान

जन्मभुमि खबर,
पोखरा ।

बग्दैनन् नदि , बन्दैनन् सागर
ठाउँ-ठाउँका मुल फुटेर नअाए
राेकिन्छ सास, रहन्न बास
कर्मसिल युवा जुटेर नलाए ।।

कास्की जिल्ला घर भई वैदेशिक रोजगारीको सिलसिलामा कोरिया रहँदै आएका कस्केलीहरुले आर्थिक सहयोग संकलन अभियान संचालन गरेका छन् । कोभिडको दोस्रो लहरले मातृभुमी आक्रान्त बनेको उल्लेख गर्दै कास्की परिवार, दक्षिण कोरियाले संकलन अभियान सुरु गरेको छ । यहि १५ मे मा बसेको संस्थाको आकस्मिक बैठकले कास्कीमा अक्सिजन लगायत औषधीजन्य सामाग्रीहरु सहयोग गर्ने हेतुले अभियान सुरुवात गरिएको संस्थाका अध्यक्ष प्रवीण गिरीले बताए ।

सहयोगका लागि अपिल गर्दै संस्थाले भनेको छ‘कोभिडको दोस्रो लहरको महामारीले हाम्रो गृह जिल्ला पनि आक्रान्त बन्दै गइरहेकाले जिल्लावासी नागरिकहरुमा त्रास उत्पन्न भएको छ भने अक्सिजन र औषधीजन्य अभाव देखिएको छ । यस अवस्थामा कास्की परिवार दक्षिण कोरियाको ध्यानाकर्षण भई आकस्मिक बैठक बसी एक हप्ते आर्थिक सहयोग संकलन अभियान संचालन गरी यस महामारीमा गृह जिल्लामा अक्सिजन वा औषधीजन्य सामाग्रीहरुको सहयोग गर्ने हेतुले आर्थिक सहयोग संकलन गरि सहयोग गर्ने निर्णय भएको छ । यस पुण्य अभियानमा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।’

विगतमा पनि कास्की परिवार दक्षिण कोरियाको को पहलमा बाढी पहिराे जस्ता विपदहरु अाईपर्दा पनि कास्की जिल्ला का महानगरका वडाहरु लगायत गाउँ पालिकामा पनि सहयाेग गर्दै आएको छ ।
संस्थाले विज्ञप्तीमार्फत सम्पर्क ब्यक्ति र बैँक खाता नम्बर समेत सार्वजनिक गरेको छ ।