जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

६ सय पर्ने अक्सिमिटर २२ सयमा कालाेबजारी गर्ने स्याङ्जाका शेषकान्तसहित ७ जना पक्राउ

नक्कली अक्सिमिटरकाे कालाेबजारी गर्ने विभिन्न औषधी पसल एवं फर्माहरुका संचालकसहित त्यसमा संलग्न व्यक्तिहरु आज पक्राउ परेका छन् ।

स्याङ्जाकाे पंचमुल-६ घर भई हाल ललितपुर- १४ ग्वार्को बस्ने नानोटेक फर्मा थापाथलीका सञ्चालक शेषकान्त अधिकारीसहित ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीकाे कमलामाई-४ स्थायी घर भई हाल जिल्ला काठमाण्डौं १४ बल्खु बस्ने बायोप्लस फर्मा कुलेश्वरका सञ्चालक शिखर श्रेष्ठ, बाजुराकाे खप्तड ६ घर भई हाल  ललितपुर ५ कुपण्डोल बस्ने थुमराज उपाध्याय, सुनसरीकाे ईनरुवा ६ घर भई हाल भिमसेनगोला बस्ने चिरायु केडी ग्रुप प्रा.लि. मा काम गर्ने पुष्कर घिमिरे छन् ।

त्यसैगरी मोरङकाे बिराटनगर २ घर भई हाल अनामनगर बस्ने आहा इन्डस्ट्रियल कम्पनी प्रा.लि मा कार्यरत बिशाल आचार्य,  सिन्धुपाल्चोककाे सुनकोशी ६ घर भई हाल बागबजार बस्ने सन्तोष भण्डारी, र भारतकाे राजस्थान झुन्झुनु घर भई हाल ढुङ्गेअड्डा बस्ने जगदिश प्रसाद रानासरिया पक्राउ परेका छन् ।

महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण सिर्जित विकराल अवस्थामा मानिसको शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि अक्सिमिटर प्रयोग हुने गरेकाे छ । बजारमा यसकाे माग धेरै छ ।