जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

५ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा मुलुकमा १०७ जना संक्रमित थपिए

जन्मभुमि खबर
काठमाडौ
नेपालमा थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ५५३६ नमूना परीक्षण गर्दा १०७ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ४८८ पुगेको छ।

पछिल्लो २४ घन्टामा ७८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ६८३ पुगेको छ।

निको हुने दर ९८. ६ प्रतिशत पुगेको छ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ।