जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

४ हजार २१३ जनाको पीसीआर परीक्षण गर्दा मुलुकमा १५२ जना संक्रमित थपिए, थप १ जनाको मृत्यु

जन्मभुमि खबर
काठमाडौं, १९ चैत । मुलुकमा थप १ सय ५२ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार २१३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा १ सय ५२ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ ।

जसमा महिलाको संख्या ९७ हजार ४८७ (३५.१४ प्रतिशत) र पुरुषको संख्या १ लाख ७९ हजार ९७४ जना (६४.८६ प्रतिशत) रहेको छ ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६५ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७२ हजार ८५१ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ५ सय ७९ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६३ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार २१३ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २२ लाख ७५ हजार ५४० जनाको पीसीआर परीक्षण भएको छ ।