जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

४ हजार १११ जनाको पीसीआर परीक्षण गर्दा मुलुकमा ६६ जना संक्रमित थपिए

जन्मभुमि खबर
काठमाडौं, २३ फागुन । मुलुकमा थप ६६ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या २१ र पुरुषको संख्या ४५ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार १११ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ६६ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५८ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ५८ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७० हजार ८८६ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ८ सय २५ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५३ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १११ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २१ लाख ९२ हजार ८३६ जनाको पीसीआर परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा कुनै कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ ।