जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

३,४७९ जनामा संक्रमण पुष्टि हुँदा ६,६३६ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमितको संख्या ३, ४७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । जसमा १० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा  ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ६ हजार ६३६ जना संक्रमित निको भएका छन्।

मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार आज कोरोना भाइरस संक्रमणका कारण ९९ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म मृत्यु हुनेको संख्या ७८९८  पुगेको छ।