जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

२४ घण्टामा ४,७६२ कोरोना संक्रमित थपिए, ६,४९१ जना संक्रमणमुक्त

काठमाडौं । कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा ११४ जनाको मृत्यु भएको छ भने ४ हजार ७६२ जना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० पुगेको छ भने मृत्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ११४ जनाको मृत्यु भएको छ ।