जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

२४ घण्टामा २८८ जना संक्रमित थपिए, १२७ जना संक्रमणमुक्त 

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा २ सय ८८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१ जनाको पिसिआर परीक्षणमा २८८ जनामा कोरोना पोजिटिभ आएको हो।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ।

उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ७ सय ३५ जना पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल ८४ जना क्वारेन्टाइनमा छन्।

हालसम्म नेपालमा ३ हजार ३८ कोरोना संक्रमितको मृत्यु भएको छ ।