जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

२०६ जनामा कोरोना पुष्टि, तीनको मृत्यु

पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८६९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ५९५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ३४ जना र १ हजार २७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार ४३३ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या २ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा २ हजार ८९१ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण तीनको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार ५ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ९८ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८२ हजार ७६४ पुगेका छन् ।