जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

१८ बर्ष माथिका व्यक्तिलाई असोज ४ गतेदेखि १४ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप दिइने,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार उमेर समुहलाई जिल्ला अनुसार दिइने योजना बनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्ला, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिकलाई खोप दिने जनाएको छ।

काभ्रे  र चितवनका ३५ वर्ष माथिका खोप लगाउने बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने छ।

त्यसैगरी, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक  र १८ वर्ष वर्ष माथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने छ।

माथि उल्लेखित बाहेक ५८ जिल्लाहरुमा मनाङ,मुस्ताङ, र रुकुमपूवबाहेकका जिल्लाहरुमा भने ४५ वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसबाहेक, यसअघि छुटेका अग्रपंतिमा खटिने, अत्यावश्यक सेवा,शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिहरु समेत खोप दिइने बताइएको छ।

कोभिसिल्ड र एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुले भने यो खोप लगाउन हुँदैन।                                                  स्वास्थ्य खवर पत्रिका बाट