जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

१५ हजारको अक्सिजन सिलिन्डर ४१ हजारमा बिक्री गर्ने तीन जना पक्राउ

१५ हजार मूल्य पर्ने भरिएको सिलिन्डर ४१ हजारमा बिक्री गर्न लागिरहेको अवस्थामा तीन जनालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ।

 

पक्राउ पर्नेहरुमा वाकोट विदुर घर भई सातदोबाटो बस्ने रामकृष्ण घिमिरे, मकवानपुर हेटौंडा घर भई लगनखेल बस्ने नवराज खनाल र धादिङ घर भई ललितपुरको इमाडोल बस्ने राम शरण अधिकारी छन् ।

उनीहरुलाई अक्सिजन ग्यासको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गर्ने गरेको गोप्य सूचनाको आधार प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले अक्सिजन सिलिन्डर कालोबजारी गर्ने उनीहरुलाई कालोबजार र सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसुरमा अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।