जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हर्पन खोलाको किनारमा एक व्यक्तिको शव फेला

जन्मभुमि खबर,

पोखरा 

पोखरामा एक मानिसको शव फेला परेको छ

चितवन घर भइ हाल पोखरा महानगरपालिका -२३ डेरा गरी बस्दै आएका अन्दाजी ३४-३५ वर्षका श्री विकको बाम्दी हर्पन खोलाको किनारमा शव फेला परेको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।

सिलवालका अनुसार सोमबार बिहान अन्दाजी १०:१६ बजेको समयमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको छ ।