जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्वास्थन्त्रीसहित मन्त्रिमण्डल पुनर्गठन, जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री, एमालेका ४ मन्त्रीले मात्रै पाए निरन्तरता

 

काठमाडौं, जेठ २१ । पुनर्गठित मन्त्रिपरिषद्‍का मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्नु भएको छ ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागि गराएर प्रधानमन्त्रीले मन्त्रिमण्डल पुर्नगठन गर्नुभएको हो ।

पुनर्गठित मन्त्रिमण्डलमा तीन जना उपप्रधानमन्त्री रहेका छन् ।

जसपाबाट वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ८ जना मन्त्री र २ जना राज्यमन्त्री बनेका छन् ।

राजेन्द्र महतोलाई उपप्रधानसहित शहरी विकास, शरतसिंह भण्डारीलाई उर्जा, अनिल झालाई खानेपानी र लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै, विमल श्रीवास्तवलाई श्रम, एकवाल मियाँलाई वन, चन्दा चौधरीलाई महिला, बालवालिका तथा जेष्ठ नागरिक र उमाशंकर अरगरियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

यस्तै, चन्द्रकान्त चौधरीलाई उर्जा राज्यमन्त्री र रेणुका गुरुङलाई महिला, बालवालिका तथा जेष्ठ नागरिक राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यस्तै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डलमा पनि व्यापक परिर्वतन गर्नु भएको छ ।

वहालवाला मन्त्रीहरुमा अर्थमन्त्री विष्णु पौडेल, न्याय तथा कानुनमन्त्री लिलानाथ श्रेष्ठ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ बाहेक अरु सवैलाई विदा गरिएको छ ।

अर्थमन्त्री पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको छ भने रघुविर महासेठलाई पनि उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाइएको छ ।

यस्तै शेरबहादुर तामाङ स्वास्थ्य मन्त्री बन्नुभएको छ । गृह, रक्षा, सञ्चार, सामान्य प्रशासन, कृषि, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय भने प्रधानमन्त्रीले आफैंसंग राख्नुभएको छ ।

यस्तो छ पुनर्गठित मन्त्रिपरिषद्

प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह, सञ्चार, पर्यटन, उद्योग वाणिज्य, कृषि, र सामान्य प्रशासन मन्त्रालय

विष्णु पौडेल : उपप्रधान तथा अर्थमन्त्री

राजेन्द्र महतो : उपप्रधान तथा शहरी विकास मन्त्री

रघुवीर महासेठ : उपप्रधान तथा परराष्ट्रमन्त्री

लीलानाथ श्रेष्ठ : कानून न्याय तथा संसदीय मामिलामन्त्री

बसन्तकुमार नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री

शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री

कृष्णगोपाल श्रेष्ठ : शिक्षामन्त्री

लक्ष्मणलाल कर्ण : भूमि व्यवस्था मन्त्री

शरतसिंह भण्डारी : ऊर्जा मन्त्री

अनिल झा : खानेपानी तथा सरसफाई मन्त्री

विमल श्रीवास्तव : श्रम तथा रोजगार मन्त्री

उमाशंकर अरगरिया : वन तथा वातावरण मन्त्री

चन्दा चौधरी : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

एकवाल मियाँ : युवा तथा खेलकुद मन्त्री

चन्द्रकान्त चौधरी : ऊर्जा राज्यमन्त्री

रेणुका गुरुङ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री