जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्याङ्जा २ बाट कांग्रेस उपसभापति धनराज गुरुङ साढे ५ हजार मतान्तरले विजयी

स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न मतगणनाअनुसार उनले ३१ हजार ४६६ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पद्मा अर्यालले २५ हजार ८३९ मत ल्याइन् । गुरुङ ५ हजार ६२७ मतान्तरले विजयी भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार ११३ मत पाए । प्रदेशसभामा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् ।