जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्पेन सरकारले दिएको अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

काठमाण्डाै – स्पेन सरकारले दिएको अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासहित स्पेनको चार्टर्ड जहाजबाट ती सामग्री काठमाण्डौ आइपुगेको हो ।

स्पेनी सहायता निकायले हस्तान्तरण गरेको स्वास्थ्य सामग्रीमा भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, एन्टिजेन टेस्ट किट, पीपीई लगायत छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले विमानलस्थल पुगेर ती सामान बुझ्नुभएको छ ।