जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सोमबार कास्कीका २३ सहित गण्डकीमा थप २६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु पुष्टि

जन्मभुमि खबर
पोखरा ।
कास्कीका २३ सहित गण्डकी प्रदेशमा आज सोमबार थप २६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका कास्की र नवलपुर जिल्लाका २६ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै २३ जना छन् । तीमध्ये माछापुच्छ्रे गाउँपालिकाका ३ जना छन् भने अन्य सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, नवलपुरका ३ जनामा पनि कोरोना संक्रमण भएको हो ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का २७ वर्षीय पुरुष, वडा नं.२ की ४२ वर्षीया महिला, वडा नं.३ का ७८ वर्षीय पुरुष, वडा नं.५ का ३२ र ५० वर्षीय पुरुष तथा २८, ३१ र ४९ वर्षीया महिला, वडा नं.६ का ३५ र ४२ वर्षीय पुरुष, वडा नं.७ का ३७ र ६१ वर्षीय पुरुष, वडा नं.८ की २१ वर्षीया महिला, वडा नं.९ का ४६ वर्षीय पुरुष, वडा नं.११ का ५१ वर्षीय पुरुष, वडा नं.१२ का ६२ वर्षीय पुरुष, वडा नं.१७ का २४, ३९ र ४२ वर्षीय पुरुष, वडा नं.२५ का ३८ वर्षीय पुरुष, वडा नं.२८ का ३० वर्षीय पुरुष, माछापुच्छ्रे गाउँपालिका वडा नं.४ का १५ र ४७ वर्षीय पुरुष एवं नवलपुर गैंडाकोट वडा नं. १ का ३९ वर्षीय पुरुष, देवचुली वडा नं.२ का २६ वर्षीय पुरुष, कावासोती वडा नं.१६ का ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १६ हजार ९३३ पुगेको छ ।

यसैगरी, गण्डकी प्रदेशमा आज थप दुई कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना निको हुनेको संख्या १६ हजार ३०७ पुगेको छ । गत २४ घण्टामा थप ३३ जना संक्रमणमुक्त भएका हुन् ।

हाल प्रदेशभर ४१९ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ३८३ जना रहेका छन् ।

गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा २०२ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३७ हजार ८२६ नमुना परिक्षण भएको छ ।