जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुरक्षाकर्मीलाई खाजा,खानेपानी वितरणको अभियानमा साथ दिदै जापानका लक्ष्मण बानिँया

नवीन भण्डारी,
जन्मभुमि खबर, पोखरा ।

सुरक्षाकर्मीलाई खाजा, पानी तथा सेनिटाईजर वितरणको अभियान ३८औँ दिनसम्म आईपुग्दा नेपाल पोखरा १२ रामबजार निवासी तर अहिले हाल जापान निवासी श्री लक्ष्मण बानिँया फुकाेओवा बाट पछिल्लो समयमा यस अभियानलाई आर्थिक रूपमा सहयोग गरेको कुरा गुरूङले बताउनुभयो।३८औ दिनसम्म आईपुग्दा यस अभियानलाई सहयोग गर्नुभएका सम्पुर्ण सहयोगीदातालाई गुरूङले
एकमुस्ट धन्यवाद प्रकट गर्नुभयो।

अभियानका संयोजक गुरूङले जबसम्म लकडाउन खुल्दैन तब सम्म हाम्रो यो अभियान कुनै पनि अवस्थामा नरोक्किने कुरा जानकारी दिनुभयो।अहिले यस अभियानलाई सबैले आफ्नै अभियान हो भनेर मुक्तकण्ठले प्रशंशा र सहयोग गर्दा झन् यो कार्यलाई अझ प्रभावकारि बनाउन आफुलगायत सम्पुर्ण टिम लागि परेको कुरा पनि जानकारी गराउनु भयो।
साथै कुनै परिवारलाई दैनिक खाधान्नको लागी निकै गार्हो भएको खण्डमा समेत पोखरा वाटर ट्याङ पोखरा ११ रानिपौवामा सम्पर्क गर्नुहुनका लागी समेत अनुरोध गुरुङले गर्नुभयो।